काठमाडौं – केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनवाई भोलिदेखि सुरु हुने भएको छ ।
हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेको हो ।
संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।
उनका अनुसार सो सुनवाई प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।
प्रतिक्रिया