एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी  « Khabarhub

एकै फिल्ममा देखिँदै शाहरुखका बाबु-छोरी 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् । 

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओना ए नाजारोसँगको कुराकानीमा  शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताएका हुन् । यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छन् । यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन् । 

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । शाहरुखले यस फिल्ममा अनुबन्ध हुनुको कारणबारे पनि खुलासा गरेका छन् । पछिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको उनले बताए । 

‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनीहरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु,‘  उनले भने, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ भन्नुभएको थियो ।’

 ‘किङ’का लागि शाहरुखले तौल घटाउनुपर्ने छ । यसलाई शाहरुखले चुनौतीपूर्ण कामका रुपमा लिएका छन् । उनी भन्छन्, ‘एक्सन गर्दा ढाड नदुखोस् भनेर मैले त्यसको तयारी पनि गर्नुछ ।’

यो फिल्म शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्ली र मार्फिलिक्सको सहकार्यमा बन्न लागेको हो । सुयोगको लेखन र निर्देशन रहने यो फिल्म  एक्सन जनरामा आधारित रहने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे

रुसमाथिका प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ट्रम्पको ६० दिनको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि