आठ महिनाअघि बेपत्ता मीनासँग मिल्दोजुल्दो कंकाल गाडिएको अवस्थामा भेटियो | Khabarhub Khabarhub

आठ महिनाअघि बेपत्ता मीनासँग मिल्दोजुल्दो कंकाल गाडिएको अवस्थामा भेटियो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दी सदरमुका बेनी नगरपालिका-९,आँखखेत कालीमुलकी युवती मीना परियारसँगक मिल्दोजुल्दो कंकाल गाडेको अवस्थामा भेटिएको छ ।

२०८० पुस १६ गते रातिदेखि बेपत्ता १९ वर्षीया मीनाको हुलियासँग मिल्ने कंकाल र उनले प्रयोग गर्ने सामान प्रहरीले भेट्टाएको हो ।

गंगटा खोज्दै गएका स्थानीयबासीले आइतबार दिउँसो गाडेको अवस्थामा मानव कंकाल, चप्पल र कपडा भेट्टाएपछि प्रहरीलाई बोलाएका थिए ।

उनका आफन्तका अनुसार मीना बेपत्ता हुनुअघि लगाइरहेको सुनको सिक्री, जाडोयामको न्यानो कपडा र चप्पलका आधारमा गाडिएको अवस्थामा भेटिएको कंकाल उनकै भएको निष्कर्ष निकालेका हुन् ।

स्थानीयले खबर गरेपछि आइतबार अपरान्ह जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेतृत्व टोली पुगेको थियो ।

गाडिएको स्थानबाट प्रहरीले कंकाल र अन्य सामग्री संकलन गरेको थियो । प्रनाउ श्रेष्ठले स्थानीय सञ्चारकर्मीलाई बताएअनुसार कंकाल र अरु प्रमाण थप जाँच र परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाउन लागिएको बताए ।

‘घटनाको अनुसन्धान थालेका छौँ । सोमबार नै भेटिएका सामान काठमाडौंस्थित प्रयोगशालामा पठाउँछौ । शवको एकीन भएपछि अन्य प्रक्रिया बढाउँछौँ’, उनले आइतबार नै भने,‘बरामद कंकाल, लगाएका भनिएका सामान र पीडित पक्षको उजुरीका आधारमा गम्भीर अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’

कंकाल र अन्य सामग्रीका आधारमा गाडिएको शव मीनाकै भएको स्थानीयले बताएका छन् । मीना बेपत्ता हुनुअघि उनले एक तोलाको सिक्री किनेकी थिइन् । जाडोयाममा उनले बाक्लो लुगा लगाएकी थिइन् । मीनाले हराउनुअघि लगाएको कपडाको रंग पनि मिलेकाले कंकाल उनकै भएको स्थानीयको भनाइ छ ।

मीना हराएपछि उनको खोजीका लागि आफन्त र स्थानीय काठमाडौंसम्म पुगेका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने, संघीय संसद्‍को राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतसम्म पुगेर आफन्तले अनुसन्धान गरिदिन भनेका थिए ।

२०८० पुस १६ गते राति घरबाटै बेपत्ता हुनु अघि बिहान ११ बजेसम्म मीना छिमेकी गाउँका युवा राम खत्रीसँग रहेको तथ्य प्रहरीले भेट्टाएको थियो ।

मीना गायब भएदेखि सदरमुकाम बेनीमा ‘कि सास चाहियो कि लास’ भन्दै आन्दोलन पनि गरिएको थियो । मीनाका बुवा ६० वर्षीय चन्द्र परियार र आमा ५९ वर्षीया भूलमाया परियारले छोरीको खोजीका लागि सबै प्रयास गरेका थिए ।

मीनासँग अन्तिम पटक सम्पर्कमा रहेका भनिएका युवक भने अहिले थुनामा छन् । खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको स्वीकारेका थिए । उनले मीनासँग यौन सम्पर्क राखेको स्वीकारे पनि बेपत्ता नबनाएको जिकिर गरेका थिए ।

मीना र खत्रीबीच सामाजिक सञ्जालमा कुराकानी भएको प्रमाण पनि प्रहरीले भेट्टाएको थियो । उनीहरूबीच शारीरिक सम्बन्ध भएको खत्रीले स्वीकारेका थिए । , मीना बेपत्ता हुँदाको बेला ६ महिने गर्भवती रहेको खुलेको छ । खत्रीले मीनासँग भागेर भारत छिर्ने कुरा भए पनि आफूले बेपत्ता बनाएको अस्वीकार गरेका थिए ।

मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने अभियोगमा खत्रीलाई १५ वर्ष कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना गरी पीडित पक्षलाई क्षतिपूर्ति भराउन माग गरिएको थियो । २० वर्षमुनिकी किशोरीसँग सहमतिमै सम्बन्ध राखे पनि कानुनले अपराध मान्छ । त्यही आधारमा खत्री अहिले थुनामा रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : २२ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा