होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन « Khabarhub

होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र सचिव सेवा लम्साल र नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच सोमबार अपरान्ह भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्यान्ह भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए।

‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ’, प्रवक्ता राईले भने, ‘दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।’

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्री परिचयात्मक भ्रमणमा आएका कारण कुनै सहमति र सम्झौता हुने छैन । यो नितान्त शिष्टाचार भेटवार्ता हो ।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका थिए । उनी सोमबार नै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ५७ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको