होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन « Khabarhub

होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र सचिव सेवा लम्साल र नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच सोमबार अपरान्ह भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्यान्ह भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए।

‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ’, प्रवक्ता राईले भने, ‘दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।’

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्री परिचयात्मक भ्रमणमा आएका कारण कुनै सहमति र सम्झौता हुने छैन । यो नितान्त शिष्टाचार भेटवार्ता हो ।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका थिए । उनी सोमबार नै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ५७ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज