छोरीको पीडा प्रतिनिधित्व गर्ने पात्र ‘सतिदेवी’ « Khabarhub

छोरीको पीडा प्रतिनिधित्व गर्ने पात्र ‘सतिदेवी’


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलिका महत शीर्ष भूमिकामा रहेको फिल्म ‘सतिदेवी’ प्रदर्शनको संघारमा छ । फिल्ममा उनले ‘सतिदेवी अधिकारी’को पात्र निर्वाह गरेकी छन् ।

सतिदेवीको ट्रेलरको खोटो सिक्कावाला संवाद चर्चामा छ । जहाँ एक बालिकाले सिक्कालाई ‘खोटो रहेछ चल्दैन’ भन्छिन् । सतिदेवीले जवाफमा भन्छिन्, ‘म जस्तै रहेछ ।’

यो सम्वाद अहिले सामाजिक सञ्जालमा चर्चामा छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुबेदी भन्छन्, ‘यो मैले मनैदेखि लेखेको सम्वाद हो । अहिलेसम्म यो संवादमा २५ हजारभन्दा बढीले टिकटक बनाउनुभएको छ ।’

भदौ ७ बाट प्रदर्शनमा आउने यो फिल्म ‘छोरा पाउनै पर्छ भन्ने सोच’हाबी भएका बाउले छोरी र श्रीमतीलाई दिएको पीडाको कथामा आधारित रहेर बनेको छ ।

फिल्मका प्रचार सामाग्री टिजर र ट्रेलरमा पनि हामीले कुलतमा फसेको र गैरजिम्मेवार बुवाले छोरा नजन्मिएका कारण श्रीमती र दुई छोरीलाई यातना दिएको देख्न सक्छौं ।

निर्देशक सुबेदीका अनुसार यो फिल्ममा गाउँदेखि सहरसम्मको कथा समेटिएको छ । फिल्मको बलियो पक्ष संवाद रहेको बताउँदै उनी दाबी गर्छन्, ‘यस फिल्मको संवाद लेखनमा बढी ध्यान दिएको छु । कथाको मागअनुसार सम्वादमा गाउँले बोलीचालीदेखि सहरको शैलीलाई ध्यानमा राखेको छु ।’

यस फिल्ममा समाजले छोरीलाई हेर्ने ‘तीतो सत्य’लाई पर्दामा स्पष्ट ढंगले आफूले उतारेको सुबेदीको दाबी छ । भन्छन्, ‘समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन । उनीहरुलाई आफ्नो स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिन हामी चुकेका छौं । यो फिल्मले भन्न खोजेको मुख्य कुरा हो– छोरी बुझौं, छोरी पुजौं ।’

यस फिल्ममा छोरीका पीडामात्रै नभएर उनीहरुलाई पीडामा पु¥याउने दोषी चरित्रलाई उदाङ्गो पारेर देखाउने प्रयास गरेको सुबेदी बताउँछन् । उनी भन्छन्, ‘समग्रमा भन्दा फिल्मको मुख्य पात्र सतिदेवी अधिकारले छोरीहरुका पीडाको प्रतिनिधित्व गर्छिन् । कस्तो समाज, पात्र र मानसिकताले छोरीले पीडा भोग्नुपर्छ, त्यो यस फिल्मबाट प्रष्ट हुन्छ ।’

सुबेदीको निर्देशन रहने यो तेस्रो फिल्म हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १९ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप