लमजुङमा रुखले किचेर एकको मृत्यु « Khabarhub

लमजुङमा रुखले किचेर एकको मृत्यु


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ ।

प्रहरी निरीक्षक चपाईंका अनुसार शव परीक्षण गर्न बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ । मृतक मिश्रकी श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा