लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी « Khabarhub

लाओसद्वारा अयोध्याको रामलाला तस्बिर अंकित हुलाक टिकट जारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणपूर्वी एशियाली मुलुक लाओसले भारतको अयोध्यामा स्थापना गरिएको भगवान् रामको तस्बिर अंकित हुलाक टिकट जारी गरेको छ ।

लाओस अयोध्यामा स्थापना गरिएको रामलालाको तस्बिर अंकित हुलाक टिकट जारी गर्ने पहिलो मुलुक बनेको छ । भारतीय विदेशमन्त्री एश जयशङ्करको लाओस भ्रमणका क्रममा उक्त हुलाक टिकट जारी गरिएको हो ।

राजधानी भिएन्टिएनमा आयोजित एक समारोहमा विदेशमन्त्री जयशङ्कर र लाओसका उपप्रधान एवम् विदेशमन्त्री सलेउम्से कोम्मासिथले संयुक्त रुपमा उक्त टिकट जारी गरेका हुन् ।

भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार उक्त समारोहमा लाओसका लागि भारतीय राजदूत प्रशान्त अग्रवाल पनि सहभागी थिए । विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्र रामायण लाओसको सँस्कृतिमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

अयोध्यामा गत जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उद्घाटन गरेका थिए । उक्त मन्दिरमा भगवान् रामको ५१ इन्च अग्लो प्रतिमा स्थापित छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३२ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस