हङकङबाट रुसमा विद्युतीय चिप आपूर्ति भएको भन्दै अमेरिकाको चासो « Khabarhub

हङकङबाट रुसमा विद्युतीय चिप आपूर्ति भएको भन्दै अमेरिकाको चासो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङबाट रुसतर्फ विद्युतीय चिपको आपूर्ति भइरहेको भन्दै अमेरिकाले चासो व्यक्त गरेको छ । रुस र युक्रेनबीच युद्ध जारी रहेको अवस्थामा हङकङबाट रुसतर्फ चिपको आपूर्ति भइरहेकोमा अमेरिकाले चासो व्यक्त गरेको हो ।

युक्रेन र रुसबीच जारी युद्धमा चीनले रुसी रक्षा उद्योगलाई महत्वपूर्ण सहयोग पु¥याइरहेको बताइन्छ । केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रुसले ७० प्रतिशत मेसिनरीका सामान र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक उपकरण चीनबाट आयात गरिरहेको जनाएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार सन् २०२२ को फेब्रुअरी महिनामा रुस–युक्रेन युद्ध शुरु भएयता रुसले ४ अर्ब अमेरिकी डलर बराबरको प्रतिबन्धित चिप आयात गरेको छ ।

केही समयअघि अमेरिकाका रिपब्लिकन सिनेटर मार्को रुबियोले रुसतर्फ यस्ता उपकरण निर्यातका लागि प्रयोग हुने वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउन विधेयक प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : १९ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका