अन्तर्राष्ट्रिय

हङकङबाट रुसमा विद्युतीय चिप आपूर्ति भएको भन्दै अमेरिकाको चासो

By खबरहब

August 12, 2024

काठमाडौं – हङकङबाट रुसतर्फ विद्युतीय चिपको आपूर्ति भइरहेको भन्दै अमेरिकाले चासो व्यक्त गरेको छ । रुस र युक्रेनबीच युद्ध जारी रहेको अवस्थामा हङकङबाट रुसतर्फ चिपको आपूर्ति भइरहेकोमा अमेरिकाले चासो व्यक्त गरेको हो ।

युक्रेन र रुसबीच जारी युद्धमा चीनले रुसी रक्षा उद्योगलाई महत्वपूर्ण सहयोग पु¥याइरहेको बताइन्छ । केही समयअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रुसले ७० प्रतिशत मेसिनरीका सामान र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक उपकरण चीनबाट आयात गरिरहेको जनाएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार सन् २०२२ को फेब्रुअरी महिनामा रुस–युक्रेन युद्ध शुरु भएयता रुसले ४ अर्ब अमेरिकी डलर बराबरको प्रतिबन्धित चिप आयात गरेको छ ।

केही समयअघि अमेरिकाका रिपब्लिकन सिनेटर मार्को रुबियोले रुसतर्फ यस्ता उपकरण निर्यातका लागि प्रयोग हुने वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउन विधेयक प्रस्ताव गरेका थिए ।