आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। जटिल काममा साथी र संगठनले साथ दिनेछन्। प्राविधिक क्षेत्रबाट लाभ हुनेछ। व्यापार र व्यवसायमा परिवारको साथ मिल्नेछ।

वृष : आज भौतिक सुविधाका साधन खरिद गर्ने समय छ। शुभ कार्यमा सहभागी भएर लाभ लिने समय छ। टाढाटाढाका साथीसँगको भेटले नयाँ अनुभव प्राप्त हुनेछन्। मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध अटुट बन्नेछ।

मिथुन : आफ्नै कारणले महत्त्वपूर्ण अवसर गुम्ने खतरा छ। शिक्षा र स्वास्थ्यमा भएको लगानीबाट राम्रो आम्दानी हुनेछ। बिहानै शिवको दर्शन गर्न सके दिन शान्त हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : पुराना समस्याको समाधान गरेर नयाँ कामको सुरुवात गर्ने योग छ। अरुलाई भड्काएर आफ्नो काम बनाउने दिन छ। खानपानमा सामान्य भोजनले चित्त बुझाउनुपर्नेछ। परिवारमा तपाईंको भनाइ लागू नहुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : सरस्वतीको साथ मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर चल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। महत्त्वपूर्ण विषय सफल बनाउन मेहनत गर्नुपर्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्या : पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। तपाईंका पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। अधुरा कामको सुरुवात हुनुका साथै न्यायिक क्षेत्रमा तपाईंका पक्षको न्याय हुनेछ। बाहिरी कुराको जति ताप भए पनि परिवारमा शान्त वातावरण बन्नेछ।

तुला : नाम, इज्जत र शान बचाउनलाई खर्च बढ्नेछ। साथीको बलमा काम गर्ने बानीले अप्ठेरो स्थिति आइपर्न सक्छ। विश्वास गरेका साथीले कित्ता परिवर्तन गर्ने जोखिम छ। शिक्षा र स्वास्थ्यको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको प्रेममा सहजता रहनेछ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। हरेक ठाउँबाट रोकिएका काम सञ्चालन हुनेछन्। स्वदेशमै लगानीका सम्भावना पत्ता लाग्नेछन्। ठुलाबाट आदर र सानाबाट सम्मान मिल्ने दिन छ। साना कुरामा अलमल नगर्नु फाइदा हुन्छ।

धनु : तपाईंको बोलीमा मिठासता भएकाले व्यवहारमा विश्वास गर्ने दिन छ। प्रतिस्पर्धी शान्त रहेका छन्। अप्रिय समाचारले मन अशान्त हुनसक्छ। सामाजिक सेवामा अवसर जुट्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : इच्छा विपरीतका काम आइएपर्ने छन्। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्ने जोखिम छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। बिहान पन्छीलाई दाना दिएमा दिन शान्त बन्नेछ।

कुम्भ : मध्यसाढेसाती दशा रहेकाले साथीभाइ टाढा हुनेछन्। थालेका काम अधुरा नै रहनेछन्। चन्द्रमा तपाईंका लागि अनुकूल भएकाले प्रगति हुनेछ। बिहान स्नानपछि सूर्यदर्शन गरेमा परिवारमा शान्ति मिल्नेछ।

मीन : साथीको कुरा काट्ने बानीले आज तपाईंलाई अप्ठेरो पर्नसक्छ। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा मन जाँदा संकट पर्नसक्छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ३७ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी