पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण « Khabarhub

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-२ स्थित शिव नमूना माध्यमिक विद्यलयमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन्।

विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थालेका हुन्। “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भने।

विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन्।

कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताए।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए।

“कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ।”

विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउने गरेका छन्। उत्पादित तरकारी विद्यालय हाताभित्रबाटै बिक्री गर्ने वातावरण मिलाइएको प्रअ पौडेलले जानकारी दिए।

विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि विस्तारै चासो दिन थालेका विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतको भनाइ छ। “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”, उनले भनिन्, “बालबालिकालाई सानै उमेरदेखि मेहनत र सीपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरुक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखिएको छ।”

विद्यार्थीले कक्षामा गर्नुपर्ने परियोजना कार्यसँगै तरकारी खेतीलाई जोडिएको विद्यालयका इन्चार्ज हिरा महतोले बताए।

नगरपालिकाले गत आर्थिक वर्षदेखि २० वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए।

कार्यक्रम प्रभावकारी बन्दै जानुका साथै विद्यार्थीमा प्रविधिक ज्ञान वृद्धि हुने भएकाले अन्य पालिकाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ४९ बजे

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी