हेड चम्केपछि इंग्ल्यान्डमाथि अस्ट्रेलियाको शानदार जित « Khabarhub

हेड चम्केपछि इंग्ल्यान्डमाथि अस्ट्रेलियाको शानदार जित


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

इंग्ल्यान्ड – विश्व क्रिकेटमा इंग्ल्यान्डको नयाँ युग खराब ढङ्गले चलेको छ। गएको तीन महिनामा इंग्ल्यान्डले अस्ट्रेलियासँग लगातार दोस्रो हारको सामना गरेको छ।

जुन महिनामा बारबाडोसको ओभलमा ३६ रनको हार सहेको इंग्ल्यान्डले हम्पसायरमा २८ रनको हार खाएको हो।

अस्ट्रेलियाले बनाएको १७९ रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्ड १५१ रनमा सीमित भएको हो।

कप्तान फिल साल्ट तथा प्रशिक्षक मार्कस ट्रेस्कोथिकको साथमा मैदानमा उत्रेको इंग्ल्यान्डका लागि फेरि एक पटक अस्ट्रेलियाका ट्रेभिस हेड घातक भए। हेडले २३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ५९ रन जोडे। उनले म्याथ्यु सर्टसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। सर्टले ४१ रन जोडे।

१८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४ बल बाँकी रहँदा १५१ रनमा सीमित भएको हो। इंग्ल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा सियोन एबोटले ३.२ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। इंग्ल्यान्डका लियाम लिभिङस्टोनले २७ बलमा ३७ रन प्रहार गरे। यसैगरी कप्तान साल्टले १२ बलमा २० रन जोडे।

वर्षाको कारण टस ढिला भएको खेलमा अस्ट्रेलियाले सुरुवात गरे जस्तो शानदार ढङ्गले पारीको अन्त्य गर्न सकेन। पहिलो पावर प्लेकै एक बल बाँकी रहँदा बिना कुनै विकेटको क्षति ८६ रन जोडेको अस्ट्रेलियाले त्यसपछि ९३ रन जोड्दै बाँकी १० विकेट गुमाएको हो। ३ बल बाँकी रहँदा नै अस्ट्रेलिया अल आउट भएको थियो।

२०० रनको आँकडा पार गर्ने गतिमा अघि बढी रहेको अस्ट्रेलियालाई रोक्ने क्रममा स्पिनर अदिल रसिद र लियामस्टानले गरेका थिए।

रसिदले चार ओभरमा २३ रन खर्चेर १ विकेट लिए। लिभिङ स्टोनले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यी २ स्पिनर जम्नु अघि हेड र सर्टले पहिलो ३५ मध्यका १५ बलमा छक्का या चौका प्रहार गरेका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : ५३ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको