पाथीभरा मुक्कुमलुङ चढे आदिवासी कलाकार « Khabarhub

पाथीभरा मुक्कुमलुङ चढे आदिवासी कलाकार


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- मुक्कुमलुङका नामले समेत चिनिने पाथीभरा क्षेत्र आदिवासी संस्कृति र इतिहासको धरोहर रहेको भन्दै आदिवासी कलाकारहरुले यहाँको भ्रमण गरेका छन् ।

ताप्लेजुङको फुङलिङ बजार हुँदै पाथीभरा–मुक्कुमलुङको शीरमा पुगेका उनीहरुले त्यहाँ विभिन्न कलाकृति कोर्नुका साथै केबलकार निर्माणमा क्रममा ढालिएका रुखको ठुटोलाई अंकमाल गरेर विरोध जनाए ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केबलकार खारेजी संयुक्त संघर्ष समितिको आयोजनामा आदिवासी कलाकारहरु ताप्लेजुङ पुगेका हुन् ।

पाथीभरामा केबलकार बनाइन नहुने, पाथीभराको नाम मुक्कुमलुङ राखिनुपर्ने र यहाँका आदिवासीहरुको हक अधिकार एवं मुन्धुमी संस्कृतिको संरक्षण गरिनुपर्ने मागसहित आदिवासी अभियन्ताहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आइरहेका छन् ।

आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौंबाट १६ जना कलाकारसहित अभियन्ताहरुको टोली भदौ २२ गते पाथीभरा मुक्कुमलुङको शिखरमा पुगेको थियो ।

त्यहाँबाट फर्केर फुङलिङमा २६ गते विरोध प्रदर्शन गरिएको थियो ।

मुक्कुमलुङ संरक्षण आन्दोलनलाई ऐक्यबद्धता जनाउन मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध यात्रा आयोजना गरिएको अभियन्ता गोविन्द छन्त्यालले खबरहबलाई बताए ।

आन्दोलनमा ऐक्यवद्धताका लागि पुगेका कलाकार (आर्टिस्ट) हरुमा सुवास तामाङ (मोरङ), सपना नेपाली (कास्की), मनरा प्रजापति (काठमाडौं), सारा कोइँच सुनुवार (धनुषा), दीक्षा राई (खोटाङ), सोनाम चाम्लिङ राई (खोटाङ), कला लिम्बू (मोरङ), गंगा लिम्बू (ताप्लेजुङ), नाम्साङ किरण लिम्बू (इलाम), पुजन लिम्बू (सुनसरी), मेख लिम्बू (धनकुटा) र विनोद लिम्बू (झापा) रहेका छन् ।

त्यसैगरी टोलीमा कैलाश राई (भोजपुर), निरन्ती तुम्बापो (पाँचथर), गोबिन्द छन्त्याल (बागलुङ), डा. सविन निङ्लेखु लिम्बू (तेह्रथुम), र सेन्दो सेलिङ लिम्बू (इलाम) लगायतका अनुसन्धानकर्मी, नागरिक अभियन्ता तथा आदिवासी अधिकारकर्मीहरू पनि सहभागी थिए ।

थप तस्बिर

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : ३६ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक