गृहमन्त्री भन्छन्- निजी क्षेत्रमा अख्तियार जान नहुनेमा आमसहमति देखियो « Khabarhub

गृहमन्त्री भन्छन्- निजी क्षेत्रमा अख्तियार जान नहुनेमा आमसहमति देखियो


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपमा स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? बारे स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए ।

‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजाने, जाने, जाँदा कतिसम्म जाने? भन्ने प्रष्ट भएर लेख्ने कुरामा गाह्रो हुन्न’, उनले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनु पर्‍यो, प्रिन्सिपल सेट भए त्यहीअनुसार भाषा लख्ने हो। भाषा लेख्ने कुरा कठिनाई होइन ।’

उनले छलफलका क्रममा निजी क्षेत्रमा अख्तियार जानु हुन्न भन्ने कुरामा आमसहमति देखिएको बताएका छन् ।

‘अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखिएमा, सरकारी पैसा निजीमा गएमा हेर्नुपर्ने भन्ने पनि छ’, उनले भने, ‘सरकारी पैसा निजीमा जाँदा कस्तो गएको हो ? ऋण गएको कि अनुदान ? जाने प्रक्रियालाई समात्ने हो कि ? सरकारी पैसा गएको मात्रै हेर्ने कि ? निजी क्षेत्रको पनि हेर्ने हो कि ? यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस ।’

उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदहरूले छलफल सुरु गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ०३ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण