प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ « Khabarhub

प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेता दाहालले अहिलेसम्म खाली सबै संवैधानिक निकायमा भोलि नै सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।

‘रिक्त रहेका संवैधानिक निकायका सबै रिक्त पदमा सम्भव हुन्छ भने भोलि नै सिफारिस गर्नुपर्ने हुन्छ’, उनले भने, ‘नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नु उचित हुन्छ ।’

प्रचण्डको सचिवालयका अनुसार तीन नेताबीचको छलफलका क्रममा अन्य विषयमा कुरा भएन । कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेतासहित छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठक बुधबार नै बस्ने भनिएको थियो । तर शुक्रबारका लागि सारेर दुई सत्तारुढ नेताले विपक्षी नेतासँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार