समाचार

झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी 

By खबरहब

September 12, 2024

झापा– झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । 

झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेको बताइएको छ ।

बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

पूजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भीष्म मिश्रले बताए ।