मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली « Khabarhub

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

दुई महिने अवधिको पनि समीक्षा गरिने


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ३० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले संघीय सरकारका मन्त्रीहरूसँग हालसम्मको कामको समीक्षा गर्ने भएका छन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारमा प्रधानमन्त्री ओलीले संघीय सरकारका सबै मन्त्रीहरू सहभागी हुने गरी समीक्षात्मक बैठक राखेका छन् ।

उक्त बैठकमा ओलीले  सरकार बनेको दुई महिनायताको कामको समीक्षा गर्न लागेका हुन् । ओलीले त्यहीँ मन्त्रीहरूसँग उनीहरूको कार्यप्रगति विवरण पनि लिँदैछन् ।

यो बैठकमा ओलीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता पनि गर्ने भएका उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बिहीबार दिउँसो प्रधानमन्त्री ओलीले संघीय सरकारका सबै मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौताका लागि सिंहदरबार बोलाएका हुन् ।

मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता गर्ने भएका छन् । त्यसका आधारमा उनले मन्त्रीहरूलाई सम्भावित योजनासहित काम तोक्ने भएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : २६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन