७९ वर्षका भए देउवा, बालुवाटारमा ओली र प्रचण्डले दिए शुभकामना | Khabarhub Khabarhub

७९ वर्षका भए देउवा, बालुवाटारमा ओली र प्रचण्डले दिए शुभकामना

नागरिकता र मतदाता नामवाली भने अर्कै छ जन्मदिन


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवम् प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले देउवालाई जन्मदिनको बधाई दिँदै दोसल्ला ओढाएका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमै थिए ।

दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले शुभकामना दिन पाएकोमा खुसी लागेको बताएका छन् ।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अहिले ओली नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका छन् । गत असार १७ गते रातिको ७ बुँदे सहमतिअनुसार देउवा ‘वेइटिङ प्राइममिनिस्टर’ पनि हुन् ।

सात बुँदे सहमतिमा देउवा र ओलीले संसद्को बाँकी कार्यकालको आधा-आधा समय प्रधानमन्त्री हुने सहमति गरेका थिए ।

देउवालाई माओवादी अध्यक्ष प्रचण्डले पनि शुभकामना दिएका छन् । उनले खादा लगाइदिएर देउवालाई जन्मदिएको शुभकामना दिएका छन् ।

नागरिकता र मतदाता नामवालीमा अर्कै

उनै देउवाको जन्ममिति नागरिकता र मतदाता नामवालीमा भने अर्कै छ । जहाँ उनी २००३ जेठ ३१ गते जन्मिएको उल्लेख छ ।

देउवाको नागरिकतामा उनी डडेल्धुराको तत्कालीन असिग्राम-५ मा जन्मिएको उल्लेख छ । उनका बुवा प्रसादसिंह देउवा हुन् ।

उनीविरुद्ध २०७९ को निर्वाचनमा पनि फरक फरक जन्ममिति राखेको भन्दै उजुरीसमेत परेको थियो ।

त्यसबेला जन्ममिति फरक परेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो । देउवाविरुद्ध प्रतिनिधिसभा निर्वाचनमा देउवाका प्रतिस्पर्धी कर्ण मल्लले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ४३ बजे

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ