७९ वर्षका भए देउवा, बालुवाटारमा ओली र प्रचण्डले दिए शुभकामना « Khabarhub

७९ वर्षका भए देउवा, बालुवाटारमा ओली र प्रचण्डले दिए शुभकामना

नागरिकता र मतदाता नामवाली भने अर्कै छ जन्मदिन


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवम् प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनको अवसरमा दोसल्ला ओढाएर बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले देउवालाई जन्मदिनको बधाई दिँदै दोसल्ला ओढाएका हुन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमै थिए ।

दोसल्ला ओढाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले शुभकामना दिन पाएकोमा खुसी लागेको बताएका छन् ।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अहिले ओली नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका छन् । गत असार १७ गते रातिको ७ बुँदे सहमतिअनुसार देउवा ‘वेइटिङ प्राइममिनिस्टर’ पनि हुन् ।

सात बुँदे सहमतिमा देउवा र ओलीले संसद्को बाँकी कार्यकालको आधा-आधा समय प्रधानमन्त्री हुने सहमति गरेका थिए ।

देउवालाई माओवादी अध्यक्ष प्रचण्डले पनि शुभकामना दिएका छन् । उनले खादा लगाइदिएर देउवालाई जन्मदिएको शुभकामना दिएका छन् ।

नागरिकता र मतदाता नामवालीमा अर्कै

उनै देउवाको जन्ममिति नागरिकता र मतदाता नामवालीमा भने अर्कै छ । जहाँ उनी २००३ जेठ ३१ गते जन्मिएको उल्लेख छ ।

देउवाको नागरिकतामा उनी डडेल्धुराको तत्कालीन असिग्राम-५ मा जन्मिएको उल्लेख छ । उनका बुवा प्रसादसिंह देउवा हुन् ।

उनीविरुद्ध २०७९ को निर्वाचनमा पनि फरक फरक जन्ममिति राखेको भन्दै उजुरीसमेत परेको थियो ।

त्यसबेला जन्ममिति फरक परेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो । देउवाविरुद्ध प्रतिनिधिसभा निर्वाचनमा देउवाका प्रतिस्पर्धी कर्ण मल्लले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ४३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल