साधुको रूप धारण गरि मन्दिरमा बसेर गाँजा बिक्री  « Khabarhub

साधुको रूप धारण गरि मन्दिरमा बसेर गाँजा बिक्री 


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागूऔषध गाँजा बिक्री बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी ६५ वर्षीय सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको प्लाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । 

लगत्तै पुजारी यादवलाई गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागूऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । 

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : २८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ