बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना « Khabarhub

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी खालिदालाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।  

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘बेगम जिया बिरामी थिइन्  । त्यसैले मेडिकल बोर्डको सल्लाहमा नियमित जाँच र निगरानीका लागि गएराति अस्पताल ल्याइएको थियो । पछि भर्ना गरियो ।’

७९ वर्षीया पूर्वप्रधानमन्त्री खालिदा लामो समयदेखि मधुमेह, लिभर सिरोसिस, हृदय रोगलगायतका बिरामीसँग जुध्दै आएकी छन् ।

बङ्गलादेशमा सुरु भएको सत्ताविरोधी आन्दोलनका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि अन्तरिम सरकारले उनलाई कैदमुक्‍त गरिएको थियो । 

खालिदा जियालाई शेख हसिनाकी चिरप्रतिद्वन्द्वी मानिन्छ । उनी भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा बन्द थिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा