बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना « Khabarhub

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी खालिदालाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।  

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘बेगम जिया बिरामी थिइन्  । त्यसैले मेडिकल बोर्डको सल्लाहमा नियमित जाँच र निगरानीका लागि गएराति अस्पताल ल्याइएको थियो । पछि भर्ना गरियो ।’

७९ वर्षीया पूर्वप्रधानमन्त्री खालिदा लामो समयदेखि मधुमेह, लिभर सिरोसिस, हृदय रोगलगायतका बिरामीसँग जुध्दै आएकी छन् ।

बङ्गलादेशमा सुरु भएको सत्ताविरोधी आन्दोलनका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि अन्तरिम सरकारले उनलाई कैदमुक्‍त गरिएको थियो । 

खालिदा जियालाई शेख हसिनाकी चिरप्रतिद्वन्द्वी मानिन्छ । उनी भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा बन्द थिइन् ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : ३४ बजे

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज