बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना | Khabarhub Khabarhub

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्षसमेत रहेकी खालिदालाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।  

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘बेगम जिया बिरामी थिइन्  । त्यसैले मेडिकल बोर्डको सल्लाहमा नियमित जाँच र निगरानीका लागि गएराति अस्पताल ल्याइएको थियो । पछि भर्ना गरियो ।’

७९ वर्षीया पूर्वप्रधानमन्त्री खालिदा लामो समयदेखि मधुमेह, लिभर सिरोसिस, हृदय रोगलगायतका बिरामीसँग जुध्दै आएकी छन् ।

बङ्गलादेशमा सुरु भएको सत्ताविरोधी आन्दोलनका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि अन्तरिम सरकारले उनलाई कैदमुक्‍त गरिएको थियो । 

खालिदा जियालाई शेख हसिनाकी चिरप्रतिद्वन्द्वी मानिन्छ । उनी भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा बन्द थिइन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ३४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार