स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन « Khabarhub

स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायलाई स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशालालाई पत्राचार गर्दै जग्गाको विवरण १५ दिनभित्र पठाउन भनेको हो ।

यसअघि मन्त्रालयकाअन्तर्गतका विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाहरुको जग्गा संरक्षणका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति बनाएको थियो ।

उक्त समितिले अहिले काम गरिरहेको छ । मन्त्रालयअन्तर्गतका जग्गा दुरुपयोग भएको पाइएमा खबर गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘मन्त्रालयअन्तर्गतका जग्गाको संरक्षण र उचित व्यवस्थापनका लागि मन्त्रालयबाट गरिएको प्रयासलाई सार्थक बनाउन सबै वर्ग र क्षेत्रको सहयोग उत्ति नै आवश्यक हुने भएकाले यस मन्त्रालयकाअन्तर्गतका निकायको नाममा रहेको जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको पाइएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा वा यस मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालको मोबाइल नं. ९८५१२६४५५५ मा फोन गरी वा यस मन्त्रालयको इमेल ठेगानामा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : ४९ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,