तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी « Khabarhub

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ । दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८  डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइएको छ । 

हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् । 

उनले भने ‘डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ । जिल्लाका दशवटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । बिरामीले आफूलाई पायकपर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने छन् ।’

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी रहेका छन् । त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी रहेका छन् ।  

उनका अनुसार गतवर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ ।  ती मध्ये ६ महिला र आठ पुरुष रहेका छन् । 

क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण भइरहेको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरू बताउँछन् । नियमित औषधि सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ ।  

सिनियर अहेब पण्डितले भने ‘उक्त लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।’ 

त्यसैगरी जिल्लामा दुईजना कुष्ठरोगका बिरामी  छन् । तनहुँ जिल्ला कुष्ठरोग नियन्त्रणतर्फ उन्मुख रहेको सिनियर अहेब अधिकृत पण्डितले बताए । दुई जनामा नयाँ कुष्ठरोगी देखापरे पनि पुराना कुष्‍ठरोगी नरहेको अस्पतालको तथ्यांकले देखाएको छ । 

कुष्ठ रोगी समाजमा खुल्न नचाहने भएकोले उपचारमा समस्या हुने गरेको दमौली अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५४ बजे

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको