पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा ! « Khabarhub

पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा !

आम्दानी २० करोड १५ लाख, खर्च २० करोड ८८ लाख भएको दाबी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा गत साउन महिनाभर लगाइएको कोटीहोम यज्ञमा घाटा भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा एक महिनासम्म सञ्चालित कोटीहोम महायज्ञमा घाटा भएको दाबी श्रीमदभागवत कथा पुराण प्रवक्ता विजय भण्डारी उर्फ बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले गरेका छन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कूल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र सुनचाँदाी दान संकलन भएको थियो ।

तर कोटीहोम सञ्चालनका क्रममा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दाबी उनले गरेका छन् । जसअनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले दाबी गरेका हुन् ।

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

कोटीहोमका क्रममा खटिएका स्वयम्सेवकहरू र सामान उपलब्ध गराएका व्यापारीहरूले अझै पनि भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।

साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो। तर अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको हो ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ।

महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन गरिएको थियो । बेलायत र भारतबाट पनि चर्चित कथा वाचिका आएका थिए । त्यही महायज्ञमा दलित समुदायका आचार्यलाई पनि ब्यासमा राखिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : १३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार