त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध « Khabarhub

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

सुरक्षा जाँचका क्रममा एक्स-रेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी खादा-माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला-खादा छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । यात्रुले खादा-माला सँगै लानुपर्ने भए झोलाभित्र नदेखिने गरि राख्न पनि भनेको छ ।

‘हवाई यात्रु महानुभावहरूले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइस्वरूप साथमा ल्याउने या ब्यागमा झुन्डाएर ल्याउने खादा-मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको सुरक्षा उपकरणमा अड्किएर क्षति पुर्‍याइ रहेको छ । यात्रुले खादा-माला विमानस्थलमा छाडेर जाने गर्नाले यहाँको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको छ । त्यसैले विमानस्थल टर्मिनल भवन प्रवेशका क्रममा सुरक्षा जाँच समयावधिभर माला-खादा आदि वस्तु प्रयोग नगरीदिन हुन अनुरोध छ । यदि सँगै लानु पर्ने भएमा आफ्नो झोलाभित्र नदेखिने गरि राखिदिनु हुन यात्रु महानुभावमा कार्यालय अपिल गर्दछ ।’

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  २ : ३५ बजे

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र