युक्रेनमा युद्ध चर्किदै जाँदा अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा « Khabarhub

युक्रेनमा युद्ध चर्किदै जाँदा अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोल्याण्ड– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पोल्याण्ड पुगेका छन् । ब्लिन्केनले आगामी अमेरिकी निर्वाचन र रूसी आक्रमणले युक्रेनमा नयाँ उथलपुथल मच्चाइरहेका बेला पोल्याण्डका नेताहरूसँग भेटवार्ता गरेका छन् । 

युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट पोल्याण्ड गएका हुन् । 

युक्रेनले रूसको भित्री भागसम्म आक्रमण गर्न हतियारको प्रयोगमा अनुमतिका लागि गरेको अनुरोधलाई तत्काल पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका थिए।

ब्लिन्केनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडासँग वार्सामा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । घरेलु नीतिमा विभाजित भएपनि मस्कोको अँध्यारो ऐतिहासिक स्मृतिका साथ पोल्याण्डले सन् २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनलाई समर्थन गर्न एकता देखिएको छ।

ब्लिन्केनले राष्ट्रपति जो बाइडेनको प्रशासनको अन्तिम महिनाहरू युक्रेनका लागि व्यापक र दिगो समर्थन सुनिश्चित गर्न सहयोगीहरूसँग काम गर्न प्रयोग गर्ने आशा गरेका छन् । युक्रेनले पश्चिमी सैन्य र आर्थिक सहयोग गरी अर्बौं डलर प्राप्त गरेको छ।

नोभेम्बर ५ मा हुने अमेरिकी चुनावले युक्रेनको सबैभन्दा ठूलो समर्थकको अडानलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ । निर्बाचनपूर्वको एक बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई जिताउन चाहेको वा नचाहेको भनी बताउन अस्वीकार गरेका थिए । 

बाइडेनकी राजनीतिक उत्तराधिकारी कमला ह्यारिसले राजनीतिक रूपमा महत्वपूर्ण मानिएको पेन्सिलभेनिया राज्यमा पोल्याण्डको भूमिकाको ख्याल गर्दै पोलिश–अमेरिकी मतलाई प्रभावित पार्ने उद्देश्यले ब्लिन्केनलाई पोल्याण्ड पठाएको चर्चा पनि चलेको छ । पेन्सिल्भेनियामा गरेको सम्बोधनमा ह्यारिसले युक्रेनका लागि लडाईजारी राख्ने प्रतिबद्धता जनाए । 

‘यदि अमेरिकाले युक्रेनलाई समर्थन नगरेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘किएभमा बसेर बाँकी युरोपमाथि आँखा लगाउने थिए,’ ह्यारिसले भनिन्। 

शीतयुद्धको अन्त्यपछि अमेरिकाको उत्साही सहयोगी पोल्याण्डले सन् २०१७ देखि २०२१ सम्म ट्रम्पको कार्यकालमा ट्रम्पसँग मिलेर काम गर्न चाहेको थियो ।
डुडाले गत अप्रिलमा न्यूयोर्कमा ट्रम्पसँग भेट गरी दुवैले एकअर्काको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : ०८ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले