नेप्सेमा उछाल, एकै दिन ७८ अंकले बढ्यो बजार  « Khabarhub

नेप्सेमा उछाल, एकै दिन ७८ अंकले बढ्यो बजार 


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ । 

बिहीबार नेप्से ७८.१७ अंकले बढेसँगै अब नेप्से बढ्ने चर्चा सुरु भएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज प्रि-ओपन सेसनमा १५ अंकले बढेर सुरु भएको बजार खुलेको केही समयमै तल झरेको थियो । बजार तल झरेको भएपनि २६०० तल भने बजार आएन । १२ बजेर ११ मिनेटबाट निरन्तर उकालो लागेको शेयर बजार बजार बन्द हुँदा भने २६८८ विन्दुमा आएर रोकिएको थियो । दुई पटक बजार तल झर्न खोजेको भएपनि खरिदकर्ता  हाबी भएकाले गर्दा बजार तल भने झर्न सकेको देखिएन । 

आज दिनभरमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको भएको छ । आज १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर बजारमा उछाल आउँदा २२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१८ वटा कम्पनीको शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच भएको छ । आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड समूह ०.०९ प्रतिशतले घटेर २१.५६ विन्दुमा आएको छ । 

आज सबैभन्दा बढी हाइड्रो समूहमा उछाल आएको छ । आज उक्त समूह ४.२४ प्रतिशतले बढेर ३ हजार ३१८.९८ विन्दुमा पुगेको छ ।  आज सबैभन्दा कम ट्रेडिङ समूह ०.६३ प्रतिशतले बढेर ३ हजार ७५८.६३ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह २.६६ प्रतिशतले, विकास बैंक २.७० प्रतिशतले, फाइनान्स ३.४० प्रतिशतले, होटल एण्ड टुरिजम २.५० प्रतिशतले, लगानी समूह ३.७२ प्रतिशतले, जीवन बीमा ३.४६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.२४ प्रतिशतले, लघुवित्त १.५८ प्रतिशतले, निर्जीवन बीमा समूह २.०१ प्रतिशतले र अन्य समूह ३।८२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : १७ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका