भैरहवा र पोखरामा सिधा उडान थाल्न भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको प्रस्ताव | Khabarhub Khabarhub

भैरहवा र पोखरामा सिधा उडान थाल्न भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको प्रस्ताव


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान गर्न प्रस्ताव गरेका छन् ।

नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न सहरहरूबीच सिधा हवाई सम्पर्क स्थापना गर्नेबारे पाण्डेले भारतीय मन्त्री राममोहन नाइडु किन्जारापुसँग प्रस्ताव गरेका हुन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटवार्ताका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री किन्जारापुसँग मन्त्री पाण्डेको भेटवार्ता भएको हो।

भेटका क्रममा मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेको बताए ।

उनले भारतका विभिन्न शहरबाट नेपाली सहरहरूमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय मन्त्रीसँग आग्रह गरे ।

उनले पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक पुग्न थालेको स्मरण गराए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाटट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरूलाई प्रोत्साहित गनुपर्ने कुरामा पनि पाण्डेले समकक्षीसँग जोड दिए ।

बुधबार भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग पनि नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट सीधा हवाई उडान गर्न पाण्डेले आग्रह गरे।

त्यस क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट संस्कृति र सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने बताए ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरूबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएकोबारे पनि कुरा भयो । तर अहिले त्यसको म्याद सकिएकाले थप परिमार्जनसहित नवीकरण गर्नेबारे पनि कुरा भएको छ ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबीच रहेका नाट्य प्रतिष्ठान कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने जस्ता विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : २४ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले