भुकम्पले क्षति पुर्‍याएको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण « Khabarhub

भुकम्पले क्षति पुर्‍याएको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले भारतीय दूतावासको आर्थिक सहयोग एवं सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई पोखरामार्फत काम भएको जानकारी दिए । गत माघमा भवन निर्माण सकिनुपर्नेमा केही ढिलाइ भएको बताए।

भवन निर्माणका लागि कार्यालयले धुलिखेल जेएल जिभी सेवासँग विंस २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी माघसम्मका लागि म्याद थप गरिएको थियो ।

थपिएको म्याद अघि नै भवन निर्माण सकिएको प्रशासकीय अधिकृत सुनारले उल्लेख गरे। नयाँ निर्माण गरिएको भवन यथाशीघ्र औपचारिक रुपमा सञ्चालन गरी सेवा प्रवाहको तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ३२ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले