नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, क्षतिपूर्ति दिलाउने आदेश « Khabarhub

नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, क्षतिपूर्ति दिलाउने आदेश


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ– उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गरेको छ । 

अदालतले मृतक परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारू र गोविन्द जोशीको संयुक्त इजलासले  जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ साउन ३१ गते क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् ।

 ज्वरो आएर अस्पतालको इमर्जेन्सी वार्डमा लैजाँदा बिरामीको उपचारमा हेलचेक्र्याइँ गरिएको, ओजिटी गर्न आएका सिकारु विद्यार्थीलाई उपचारमा संलग्न गराएको दाबीसहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५०, ५१ र ५२ अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा लापरवाही गरेको भन्दै उपचार गर्ने भनिएका चिकित्सकका विरुद्धमा क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए ।

०७९ फागुन ११ गते  बाँके जिल्ला अदालतमा  मुद्दाको सुनुवाइ हुँदा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट क्षतिपूर्ति दिलाउने आदेश गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ५१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको