भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन « Khabarhub

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

सीपीएमले जारी गरेको वक्तव्यमा येचुरीको निमोनियका कारण श्वासनलीमा गम्भीर संक्रमण भएर यचुरीलाई उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको थियो ।

७३ वर्षीय येचुरीको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो । अगस्ट २२ मा उपचाररत येचुरीले भिडियो सन्देशमार्फत् पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली दिएका थिए ।

उनी अस्वस्थ भएपछि नयाँदिल्लीस्थित एम्स अस्पतालको आईसीयुमा भर्ना भएका थिए । उनले विद्यार्थीकालबाटै राजनीति सुरु गरेका थिए । उनी भारतमा आपत्काल लागु गर्दा पटक पटक पक्राउ परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकार नेतामध्ये एक थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीका महाधिवेशनमा अतिथिका रुपमा सहभागिता जनाएका थिए ।

यचुरी पछिल्लो ३२ वर्षदेखि सीपीएम पोलिटब्यूरो सदस्य थिए । उनी सन् २०१५ देखि पार्टीको महासचिव भएका थिए। उनी संसदीय राजनीतितर्फ सन् २००५ देखि २०१७ सम्म भारतको राज्यसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको