राजनीति

धनराजको दाबी- एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ

By खबरहब

September 12, 2024

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा एमालेसँगको सत्ता गठबन्धन ०८४ सम्म टिक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको एक समारोहमा उनले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने बताएका हुन् ।

उपसभापति गुरुङले दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पार्टीको पूर्ण सहयोग रहने र सहयोग गर्नुपर्ने बताए ।

‘०८४ सम्म गठबन्धन अघि बढ्छ । दुई वर्ष एमाले अध्यक्षलाई प्रधानमन्त्रीको रूपमा पूर्ण सहयोग हुन्छ । गरिनुपर्छ,’ उनले भने, ‘त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ ।’