विगतमा जितेको जोगाउँदै कांग्रेसले उपनिर्वाचनमा संख्या थप्नुपर्छ : गगन थापा « Khabarhub

विगतमा जितेको जोगाउँदै कांग्रेसले उपनिर्वाचनमा संख्या थप्नुपर्छ : गगन थापा


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको आशन्न उपनिर्वाचनमा विभिन्न कारणले पार्टीले गुमाउनु परेका वडा र तह कायम राख्दै संख्या थप्नुपर्ने बताएका छन् ।

पार्टीको स्थानीय तह समन्वय विभागले बिहीबार गत निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी उम्मेदवारमध्ये उत्कृष्ट काम गर्ने पालिकाहरूका प्रमुखको सम्मानका लागि आयोजित समारोहमा उनले यस्तो बताएका हुन्, ।

‘केही दिनपछि ३४ ठाउँमा निर्वाचन हुँदैछ, विभिन्न पदमा,’ महामन्त्री थापाले भने, ‘जसमध्ये २१ ठाउँमा कांग्रेसले जितेको हो । २१ कायम गर्दै बढाउनुपर्छ ।’

उनले असोज १/२ गतेबाट पार्टीले स्थानीय तहसँग संवाद गर्न प्रतिनिधि पठाउने पनि जानकारी दिए । ‘स्थानीय तहमा कांग्रेस प्रतिनिधिले गरेको काम जनता सामू सही ढंगले जानकारी गराउनु पर्छ, त्यो अभाव छ,’ थापाले भने ।

उनले स्थानीय तहले संघीय सरकारको भन्दा महत्वपूर्ण काम गरेकोसमेत बताए । ‘जनतासँग केही वाचा गरेर हामीले जिम्मेवारी पाएका हौँ । त्यसअनुसारको जिम्मेवारी पूरा गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘संघ सरकारभन्दा पनि महत्वपूर्ण काम गरेको छ ।’

थापाले संघीयतालाई आफूहरूले मजबुत बनाउन चाहेको पनि बताए । ‘हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौँ,’ उनले भने, ‘हिजो संविधान बनाउदा कति कुरामा ध्यान नपुगेका होलान् । त्यसलाई पुनरावलोकन गर्न आवश्यक छ । कांग्रेस–एमाले सहमत भएका छन् ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ५२ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग