विगतमा जितेको जोगाउँदै कांग्रेसले उपनिर्वाचनमा संख्या थप्नुपर्छ : गगन थापा | Khabarhub Khabarhub

विगतमा जितेको जोगाउँदै कांग्रेसले उपनिर्वाचनमा संख्या थप्नुपर्छ : गगन थापा


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको आशन्न उपनिर्वाचनमा विभिन्न कारणले पार्टीले गुमाउनु परेका वडा र तह कायम राख्दै संख्या थप्नुपर्ने बताएका छन् ।

पार्टीको स्थानीय तह समन्वय विभागले बिहीबार गत निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी उम्मेदवारमध्ये उत्कृष्ट काम गर्ने पालिकाहरूका प्रमुखको सम्मानका लागि आयोजित समारोहमा उनले यस्तो बताएका हुन्, ।

‘केही दिनपछि ३४ ठाउँमा निर्वाचन हुँदैछ, विभिन्न पदमा,’ महामन्त्री थापाले भने, ‘जसमध्ये २१ ठाउँमा कांग्रेसले जितेको हो । २१ कायम गर्दै बढाउनुपर्छ ।’

उनले असोज १/२ गतेबाट पार्टीले स्थानीय तहसँग संवाद गर्न प्रतिनिधि पठाउने पनि जानकारी दिए । ‘स्थानीय तहमा कांग्रेस प्रतिनिधिले गरेको काम जनता सामू सही ढंगले जानकारी गराउनु पर्छ, त्यो अभाव छ,’ थापाले भने ।

उनले स्थानीय तहले संघीय सरकारको भन्दा महत्वपूर्ण काम गरेकोसमेत बताए । ‘जनतासँग केही वाचा गरेर हामीले जिम्मेवारी पाएका हौँ । त्यसअनुसारको जिम्मेवारी पूरा गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘संघ सरकारभन्दा पनि महत्वपूर्ण काम गरेको छ ।’

थापाले संघीयतालाई आफूहरूले मजबुत बनाउन चाहेको पनि बताए । ‘हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौँ,’ उनले भने, ‘हिजो संविधान बनाउदा कति कुरामा ध्यान नपुगेका होलान् । त्यसलाई पुनरावलोकन गर्न आवश्यक छ । कांग्रेस–एमाले सहमत भएका छन् ।’

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ५२ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो