समाचार

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन- रचनात्मक ढंगले काम गर्नुहोस्

By खबरहब

September 12, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए ।

‘हामी टिम स्पिरिटमा काम गर्छौँ, एकअर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ’,  प्रधानमन्त्री ओलीले भने । 

उनले पूर्वमन्त्रीहरूका अनुभवबाट काम सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न मन्त्रीहरूलाई आग्रह गरे ।