समाचार

सरकारले सयवटा पालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

By खबरहब

September 12, 2024

काठमाडौं– संघीय सरकारले १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी खटाइएका कर्मचारीको सूची जारी गरेको छ ।

अधिकृतहरूको पदस्थापन गर्दै जिम्मेवारी तोकिएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलिरहेका थिए ।

नियमअनुसार नै कर्मचारीहरू खइटाएको मन्त्रालयले जनाएको छ। यसले सुशासन कायम हुने जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको भनाइ छ ।

सूचीसहित