निजीक्षेत्रलाई प्रधानमन्त्रीको आग्रह- ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पारौँ | Khabarhub Khabarhub

निजीक्षेत्रलाई प्रधानमन्त्रीको आग्रह- ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पारौँ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार बिकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार वकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

आवश्यक पूर्वाधार बनाउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई सबै मिलेर साकार बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण बनाउन सरकार तयार रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारीपछि नेपालको अर्थतन्त्र क्रमशः पुनर्उत्थान हुँदै गएको बताउँदै नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने जानकारी दिए ।

नेपाल उद्योग परिसंघको आयोजना भएको सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रबारे छलफल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास