कोलम्बो ‘आर्ट एक्स्पो’ मा सुमनका मिथिला चित्रकला प्रदर्शित « Khabarhub

कोलम्बो ‘आर्ट एक्स्पो’ मा सुमनका मिथिला चित्रकला प्रदर्शित


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चित्रकार एससी सुमन श्रीलंकामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी भएका छन् । 

अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी भएका सुमनले मिथिला चित्रकला प्रदर्शन गरेका छन् । उनको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।  

एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताए । एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उनले बताए । 

‘सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उनले भने, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापिकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।’

 एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिए। चार दशकदेखि मिथिला कलामा सक्रिय उनले बेलायत, चीन, श्रीलंकामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसकेका छन् । नेदरल्याण्डस्, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गरेका छन्  । 

‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलंकाको कला संकायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन् ।

 सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ५२ बजे

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको