हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति « Khabarhub

हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानुनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ । 

यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई राजधानी इस्लामावादमा नेशनल एसेम्बलीमा उनी हरूको कार्यालयबाट पक्राउ गरिएको थियो । उनीहरूमथि मंगलबार एक साता पुरानो विरोध कानून र आतंकवाद विरोधी ऐनअन्तर्गत आरोप लगाइएको थियो । 

उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो तर सभामुखले हिरासतमा फर्कनुअघि उनीहरूलाई संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए । 

पूर्वप्रधानमन्त्री खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामावादमा भेला भएको एक जुलुसलाई तितरबितर पार्न असफल भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । 

अधिकारीहरूले जुलुसका लागि अनुमति दिएका थिए तर जुलुसलाई निर्धारित समयमा समाप्त गर्न आदेश दिएका थिए । साथै उनीहरूले खानको पिटीआई पार्टीका समर्थकहरूले सम्झौताका शर्तहरूको उल्लङ्घन गरे कानूनी कारवाही गरिने चेतावनी दिएका थिए । 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ६ : ५९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई