हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति | Khabarhub Khabarhub

हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानुनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ । 

यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई राजधानी इस्लामावादमा नेशनल एसेम्बलीमा उनी हरूको कार्यालयबाट पक्राउ गरिएको थियो । उनीहरूमथि मंगलबार एक साता पुरानो विरोध कानून र आतंकवाद विरोधी ऐनअन्तर्गत आरोप लगाइएको थियो । 

उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो तर सभामुखले हिरासतमा फर्कनुअघि उनीहरूलाई संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए । 

पूर्वप्रधानमन्त्री खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामावादमा भेला भएको एक जुलुसलाई तितरबितर पार्न असफल भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो । 

अधिकारीहरूले जुलुसका लागि अनुमति दिएका थिए तर जुलुसलाई निर्धारित समयमा समाप्त गर्न आदेश दिएका थिए । साथै उनीहरूले खानको पिटीआई पार्टीका समर्थकहरूले सम्झौताका शर्तहरूको उल्लङ्घन गरे कानूनी कारवाही गरिने चेतावनी दिएका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग