नीतिगत समन्वय प्रभावकारी भएन : स्वास्थ्यमन्त्री पौडेल « Khabarhub

नीतिगत समन्वय प्रभावकारी भएन : स्वास्थ्यमन्त्री पौडेल


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नीतिगत समन्वय प्रभावकारी नहुँदा सरकारले निर्वाह गर्नुपर्ने दायित्व सोचेजस्तो हुन नसकेको बताएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै उनले भने, ‘नीतिगत र कार्यगत प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निचोड निकालेर अघि जानुपर्ने छ ।’

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक बसेको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ आएपछि पहिलो बैठक २०७९ मा बसेको थियो । आजको बैठक दोस्रो हो । 

समितिले आज बैठकमा राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधि –२०८१ माथि छलफल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयका पदाधिकारी तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले कार्यविधि संशोधनसहित पारित गरेको छ ।

कार्यविधिले महामारी, स्वास्थ्य सुरक्षा तथा आपतकालीन व्यवस्थापन उपसमिति, मानसिक स्वास्थ्य, लागूपदार्थ तथा दुव्यर्सनी नियन्त्रण उपसमिति, पोषण, खाद्यसुरक्षा तथा विषादी नियन्त्रण उपसमितिलगायत आठ वटा उपसमिति प्रस्ताव गरेको छ । 

उपसमितिले जनस्वास्थ्यका विभिन्न आयाममा अध्ययन, विज्ञ परामर्श, सरोकारवालाबीच छलफल चलाइ अन्तरनिकायगत कार्ययोजना बनाइ लागू गर्न राष्ट्रिय जनस्वास्थ्य समितिसमक्ष पेस गर्ने, कम्तीमा हरेक चौमासिक रुपमा बैठक सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ । समितिको बैठक कम्तीमा वर्षको दुई पटक बस्ने र आवश्यकताअनुसार वर्षमा दुईभन्दा बढी पटक बैठक बोलाउन सकिने विषयमा छलफल भएको थियो । 

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका प्रगति तथा चुनौतीका बारेमा प्रकाश पारे । खानेपानी तथा सरसफाइ, सडक सुरक्षा–सडक दुर्घटना न्यूनीकरण, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम, खाद्य, विषादी नियन्त्रण तथा नियमन, विपद् तथा महामारी व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा जलवायु परिवर्तनलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्तरमन्त्रालय विषयवस्तुमा छलफल केन्द्रित रहेको थियो । 

राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा आरपी विच्छाले समितिको बैठकले आगामी दिनमा १६औँ योजनाका बुँदाहरूलाई केलाएर छलफल हुनुपर्ने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ७ : ४२ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच