गैरन्यायिक खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त सडक संघर्ष गर्ने « Khabarhub

गैरन्यायिक खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त सडक संघर्ष गर्ने


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त रूपमा विरोधका कार्यक्रम गर्ने भएको छ। आन्दोलनलाई सफल बनाउका लागि संघर्ष समितिले विभिन्न संगठनसँग मिलेर संयुक्त मोर्चा निर्माण गरेको हो ।

भदौ ३१ गते सोमबार कुपोन्डोल पुल नजिकै खोला छेउमा आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने कार्यक्रममा सहमत भइ संयुक्त मोर्चाको गठन भएको जनाइएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थितिमा संघर्षका कार्यक्रम तय गरिएको हो। संयुक्त मोर्चामा सुमन सायमी नेतृत्वको गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति काठमाडौं उपत्यका(स्वनिग) विशेष ब्यूरोका रबिन्द्र कुमार श्रेष्ठ, पहिचानवादी मोर्चाका बुद्धराज स्याङ्तान रहेका छन् ।

त्यस्तै उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका बिद्या श्रेष्ठ, दलितको लागि दलित अभियानका उमेश सुनार,भ्रष्टाचार विरोधी अभियानका जुनतारा पुन मगर, यलस् नेवा समाजका संजय शर्मा, सेभ नेपा भ्यालीका राजाराम तण्डुकार, सहकारी पीडित संघर्ष समितिका कुशलव केसी सहभागी छन्।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ९ : २८ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित