गैरन्यायिक खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त सडक संघर्ष गर्ने « Khabarhub

गैरन्यायिक खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त सडक संघर्ष गर्ने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त रूपमा विरोधका कार्यक्रम गर्ने भएको छ। आन्दोलनलाई सफल बनाउका लागि संघर्ष समितिले विभिन्न संगठनसँग मिलेर संयुक्त मोर्चा निर्माण गरेको हो ।

भदौ ३१ गते सोमबार कुपोन्डोल पुल नजिकै खोला छेउमा आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने कार्यक्रममा सहमत भइ संयुक्त मोर्चाको गठन भएको जनाइएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थितिमा संघर्षका कार्यक्रम तय गरिएको हो। संयुक्त मोर्चामा सुमन सायमी नेतृत्वको गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति काठमाडौं उपत्यका(स्वनिग) विशेष ब्यूरोका रबिन्द्र कुमार श्रेष्ठ, पहिचानवादी मोर्चाका बुद्धराज स्याङ्तान रहेका छन् ।

त्यस्तै उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका बिद्या श्रेष्ठ, दलितको लागि दलित अभियानका उमेश सुनार,भ्रष्टाचार विरोधी अभियानका जुनतारा पुन मगर, यलस् नेवा समाजका संजय शर्मा, सेभ नेपा भ्यालीका राजाराम तण्डुकार, सहकारी पीडित संघर्ष समितिका कुशलव केसी सहभागी छन्।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : २८ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले