छानबिन समितिद्वारा उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन « Khabarhub

छानबिन समितिद्वारा उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन गरेको छ।

बिहीबार उपत्यकामा रहेका विभिन्न सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरेको समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार सहकारीको समस्या बुझ्न र अवस्थाको जानकारी लिन अनुगमन गरिएको हो ।

अनुगमका क्रममा अधिकांश सहकारीहरू बन्द रहेको र समस्याग्रस्तमा रहेको भेटिएको बताइएको छ। सहकारीका सञ्चालकहरू जेलमा भएको । कुनै फरार भएर सहकारी नै बन्द भएको समेत अनुगमनमा देखिएको छ।

अनुगमका क्रममा नागरिक सहकारी र सुमेरु सहकारी मात्र समस्या हुँदाहुँदै पनि केही हदसम्म चलेको देखिएको छ। अन्य सहकारीका भने सटरहरू र अफिस नै बन्द भएको भेटिएको बताइएको छ।

समितिले अनुगमनका क्रममा मितेरी सहकारीका कुम्भराज गुरुङलाई समेत भेटेको छ। गुरुङले नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले केही महिना अगाडि केही रकम तिरेको बिल समेत बुझाएको समितिका एक सदस्यको दाबी छ।

अनुगमन गरिएका सहकारीहरू

  • सुमेरु कालीमाटी
  • नागरिक सहकारी
  • गौतम श्री सहकारी
  • स्वर्णलक्ष्मी सहकारी
  • मितेरी सहकारी
  • सुमेरु पुल्चोक
  • लालीगुराँस सहकारी
  • गुण सहकारी
  • गोरखा बचत र ऋण
  • शिवशिकार सहकारी
  • नागरिक सहकारी
  • नेपाल सहकारी वित्तीय संस्था लि

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : ४२ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ