समाचार

छानबिन समितिद्वारा उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन

By खबरहब

September 12, 2024

काठमाडौं – सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले उपत्यकाका १२ सहकारीको स्थलगत अनुगमन गरेको छ।

बिहीबार उपत्यकामा रहेका विभिन्न सहकारी संस्थाहरूको स्थलगत अनुगमन गरेको समितिले जनाएको छ । समितिका एक सदस्यका अनुसार सहकारीको समस्या बुझ्न र अवस्थाको जानकारी लिन अनुगमन गरिएको हो ।

अनुगमका क्रममा अधिकांश सहकारीहरू बन्द रहेको र समस्याग्रस्तमा रहेको भेटिएको बताइएको छ। सहकारीका सञ्चालकहरू जेलमा भएको । कुनै फरार भएर सहकारी नै बन्द भएको समेत अनुगमनमा देखिएको छ।

अनुगमका क्रममा नागरिक सहकारी र सुमेरु सहकारी मात्र समस्या हुँदाहुँदै पनि केही हदसम्म चलेको देखिएको छ। अन्य सहकारीका भने सटरहरू र अफिस नै बन्द भएको भेटिएको बताइएको छ।

समितिले अनुगमनका क्रममा मितेरी सहकारीका कुम्भराज गुरुङलाई समेत भेटेको छ। गुरुङले नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले केही महिना अगाडि केही रकम तिरेको बिल समेत बुझाएको समितिका एक सदस्यको दाबी छ।

अनुगमन गरिएका सहकारीहरू