धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय « Khabarhub

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरालाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

२०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।

उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर उक्त धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन गरिएपछि आलोचना भएको थियो ।

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ९ : ५९ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६