भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशङ्कर « Khabarhub

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशङ्कर


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ भएको बताएका छन् ।

उनले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताए ।

विदेशमन्त्री जयशङ्करको उक्त टिप्पणी जेनेभा सेन्टर फर सिक्योरिटी पोलिसीमा राजदूत जिन–डेभिड लेभिटसँगको छलफलका क्रममा आएको हो ।

“यो (भारत–चीन सम्बन्ध) अत्यन्तै जटिल सम्बन्ध हो।।। इतिहासमा यिनीहरूको खराब समय थियो, उनीहरू दुवै पुनर्जीवित भइरहेका छन् र एक किसिमले कायाकल्प गरिरहेका छन्, उनीहरू एक मात्र दुई देश हुन् जसको जनसङ्ख्या एक अर्बभन्दा धेरै छ”, उनले भने, “कुनै मुलुकको उदय हुँदा यसको प्रभाव छिमेकमा पर्छ र यी दुवै मुलुकलाई एकअर्काको छिमेकी भएको सम्मान पनि प्राप्त हुन्छ, त्यसैले मैले जटिल जस्तो सुरक्षित अभिव्यक्ति शब्द किन चयन गरेँ भन्ने तपाईं समग्रतामा बुझ्न सक्नुहुन्छ ।”

उनले दुवै मुलुकबीच अतीतमा कठिन सम्बन्ध रहेको र सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको बारेमा बताए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १० : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको