धार्मिक ग्रन्थमा कतै पनि काटमार उल्लेख छैन | Khabarhub Khabarhub

धार्मिक ग्रन्थमा कतै पनि काटमार उल्लेख छैन


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दशैँसँगै बलिको बहस प्रारम्भ हुन्छ। शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीहरूको पूजा गरी आव्हान गरिन्छ। देवी आह्वान गर्दा शक्ति पीठहरूमा पूजा गर्दै गर्दा हिन्दु धर्मावलम्बीहरूले अथवा दशैँ मान्ने समुदायले बलि प्रथालाई बढी महत्त्व दिने गरेका छन्। जब दशैँ नजिकिन्छ, जब दशैँको चहलपहल सुरु हुन्छ त्यसपछि नेपाली समाजमा बलि प्रथाका सन्दर्भमा निर्मम बहस हुन्छ। बलि प्रथाको बहस किन दशैँमा मात्रै हुन्छ हिन्दु धर्म मान्नेहरूले शक्ति पीठहरूमा पूजा आराधना गर्दै गर्दा त्यो उत्साह उमङ्गमा रमी रहेको बेलामा किन बलि प्रथाका विरुद्धमा बहस चलाइन्छ त ? यी नै विषयमा जोडिएर संस्कृतिविद् प्राध्यापक डाक्टर बिना पौडेलसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

विशेषतः यो दशैँ पर्वको रमझममा हिन्दु धर्म मान्नेहरू अथवा दशैँ मान्ने समुदाय झुमिरहेको बेलामा बलि प्रथा अन्त्य गर्नुपर्छ, बलि प्रथा गलत हो शक्ति पीठहरूलाई बलि दिनु हुँदैन भनेर जुन एउटा बहस छेडिन्छ। के यो शास्त्र विरोधीहरूले चलाएको बहस हो ?
शास्त्रमा पूजा गर्ने विभिन्न विधानहरू छन् र वैदिक तरिकाले पूजा गरिन्छ। बलि चढाउने पनि शास्त्रमा नै उल्लेख गरिएको कुरा हो। बलि पनि विभिन्न तरिकाले दिने चलन हुन्छ। एउटा मार हान्ने भनिन्छ।

त्यो पशुलाई पनि पूजा गरेर अथवा कानमा केही भनेर जुन विधान छ त्यो गरेपछि मात्रै दिने चलन छ। बलि तान्त्रिक विधिबाट दिने अनि पैत्रिक विधिबाट दिने अर्को स्मार्ट सुगन्ध बलि भनिन्छ। कतै उखु लौकाहरू पूजा गरेर दिने यो सबै शास्त्रमा उल्लेख गरिएको छ।

विभिन्न समयमा पुराणहरूमा हेर्दा रामायण, महाभारत कालमा पनि छ। विभिन्न योद्धाहरूले युद्धमा पराजित भइसकेपछि देवीलाई विशेष शक्तिद्वारा आराधना गरेका विभिन्न पुष्पहरू चढाएको र त्यसमा बलि पनि चढाएको प्रसङ्ग आउँछ। त्यही प्रथाको निरन्तरता हो यो।

हिन्दु धर्मका धेरै वेदहरू पुराणहरू लेखिएका छन्। सबै ग्रन्थको निचोड भनेको चित्त पनि नदुखाउने मारकाट त परै जाओस् भनिएको छ। त्यसैले यी दुवै कुरालाई अर्थ लगाएर बलि दिन नहुने भनेर अर्थ लगाइराखेको छ तर शास्त्रमा यो छ।

पशु बलिको हिसाबबाट हेर्दा पशुको मुक्तिका लागि विधिपूर्वक बलिदिनु शास्त्री शास्त्र सम्वत रह्यो एक हिसाबबाट। अर्को हिसाबबाट हेर्दा पशु पनि देवीको सन्तान हो भने सन्तानको बलि दिएर देवी खुसी हुन्छिन् भन्ने पनि शास्त्र संगत तर्क भयो ?
यसमा यो कुन बेला देखि सुरु भयो र त्यसले निरन्तरता कसरी पाइराखेको छ भनेर हेर्नु पर्छ। एउटा जस्तो हामी पर्यावरणको इकोलोजीको कुरा गर्छौ कतै सिंहले जुन कुनै जनावर खाएको देख्दा हामीलाई नमजा लाग्छ तर त्यो पर्यावरण कसरी चल्ने भन्ने जीवनचक्र छ। मानिसको उत्पत्ति पनि घुमन्ते जीवन यापन गरेर सुरु भएको हो र उसले बिस्तारै कृषि गर्न जान्यो र विकास गर्दै जाँदा के गर्दा ठिक र के बेठिक भनेर छुट्याउदै गयो। उसले युद्ध गर्न सिक्दै गयो र आफू श्रेष्ठ हुँदै जाने क्रममा विकास हुँदै गयो। र यो अवस्थामा आयो। त्यो बेलामा तन्त्रमन्त्रमा विश्वास गर्न थाल्यो र उसले देवी देवतालाई खुसी पार्न धर्मप्रतिको आस्था र हतियारमा पनि ती चिन्हहरु लेख्न थाल्यो। र बलिलाई निरन्तरता दिन थाल्यो ।

सबैलाई बाँच्न इच्छा हुन्छ भन्ने कुरा आउन थालेपछि यो अहिले यी कुराहरू आउन थाले। नत्र आफ्नो विभिन्न आस्था र मनोकामना पुरा भएपछि बलि दिने चलन आएको छ।

पछि लेख्ने क्रम आएपछि त पृथ्वीमा आएका सानो कुखुरा, भेडा कमिला भुसुनामा हुने आत्मा मानसमा हुने आत्मा सबैको एउटै हुन्छ। सबैलाई बाँच्न इच्छा हुन्छ भन्ने कुरा आउन थालेपछि यो अहिले यी कुराहरू आउन थाले। नत्र आफ्नो विभिन्न आस्था र मनोकामना पुरा भएपछि बलि दिने चलन आएको छ। हामीले धर्मग्रन्थहरूमा हेर्दा पनि मानिसले पशुबलि मात्र हैन विभिन्न अवस्थामा नरबलि समेत दिने प्रथा विभिन्न समाजमा थियो।

राज्यमा बलि प्रथासञ्चालनका सन्दर्भमा प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्ति आर्जन गर्नका लागि जोडिएको प्रथा हो ?
हो एउटा शक्तिको परिकल्पना गरिएको छ र त्यसको विभिन्न स्वरूपहरू कल्पना गरिएको छ। त्यसलाई खुसी पार्न केही कुरा दिनु पर्छ भन्ने मान्यता छ। र अर्को त्यो शक्ति आर्जन गर्न अरू चिजबाट सम्भव हुँदैन। तान्त्रिक विधि विधानका कुरा चाहिने हुनाले यसमा पञ्चम कारका कुरा आउँछन्। त्यसमा बलि आवश्यक ठानिन्छ।

अर्को नरबलिको कुरामा एउटा समुदायले अर्को समुदायलाई आक्रमण गर्ने क्रममा सबै मान्छेले त उसको दासत्व त स्वीकार गर्दैन। धेरै मान्छेहरु त त्यो स्वीकार गरेर बस्दैनन्। विद्रोहको आवाज उठाउँछन्। त्यो आवाजलाई कसरी दमन गर्ने त त्यो दमन गर्ने विभिन्न तरीका छन्। त्यसमा सबै जालोको ढाल भनेको धर्म हो। धर्मको रूपमा डर र पापको कुरा आयो। र केही पुरुषहरूले त्यसको विरोध गरे भने त्यसलाई समातेर देवी देवताको नाममा बली दिइन्थ्यो। त्यसरी पनि नर बली आएको देखिन्छ। फेरि समयको विकास क्रम अनुसार धर्म, अर्थ, काम, मोक्ष भनेर सनातन धर्ममा चार वटा मार्गहरूको उल्लेख गरिन्छ, जसमध्ये सनातन धर्मावलम्बीहरूको अन्तिम लक्ष्य भनेको मोक्ष हो। र त्यो मोक्ष पाउन उनीहरूले आफ्नो तरिकाले जनावरलाई पनि विभिन्न तान्त्रिक हिसाबले बलि चढाउँछन्। त्यो बलि दिइसकेपछि उनीहरूले त्यो पशु योनीबाट मुक्त भएर मानव योनीमा प्रवेश गर्छन्। भनेर सनातन धर्ममा उल्लेख छ। त्यसमाथि पनि अष्टमीको जुन कालरात्रिमा त हाम्रोमा सरकारी ढुकुटीबाटै निर्देशित गरेको हुन्छ जस्तो ५४ वटा बोका राँगा बलि दिने चलन छ। त्यो बाहेक अन्य समयमा विभिन्न मठ मन्दिरमा पनि हाम्रो विभिन्न समयमा नयाँ पुलहरू बनाइसकेपछि एउटा केही कुरा गरिसकेपछि बलि दिने चलन छ।

अर्को नरबलिको कुरामा एउटा समुदायले अर्को समुदायलाई आक्रमण गर्ने क्रममा सबै मान्छेले त उसको दासत्व त स्वीकार गर्दैन। धेरै मान्छेहरु त त्यो स्वीकार गरेर बस्दैनन्। विद्रोहको आवाज उठाउँछन्।

बलि देवतालाई खुशी बनाउन, बलियो बनाउन आह्वानको लागि गरिन्छ कि लोक रक्षाका लागि गरिन्छ कि आफ्नो रक्षाका लागि ?
एउटा त बलि भनेको शास्त्रमा उल्लेख छ। त्यो ठिक बेठिक बहस गर्नु आफ्नो ठाउँमा होला। हामी शिव, विष्णु, दुर्गा, गणेश र सूर्यको पूजा गर्छौँ। त्यो मध्ये शिवलाई बलि चढाइँदैन, तैपनि शिवको दक्षिणपट्टिको मुहार भैरव मानिन्छ। भैरवलाई बलि चल्छ। पशुपतिमा पनि चढाइन्छ। शास्त्रहरूले यो बलि प्रथालाई जसले शक्तिलाई आराधना गर्छन्। यो नेपालमा लिच्छवीकालमा पनि थियो। अहिले पनि देखिन्छ। मल्ल राजाहरूले तलेजु लगायतका मन्दिरमा देवीदेवताको पूजाको विद्यामा प्रमुख विधान भनेको बलि मानिने शास्त्रमा पनि उल्लेख गरिएको र हाम्रो परम्परादेखि नै आएको हो।
पश्चिमाहरूले दैनिक भान्सामा माछामासु नखाने र भगवानलाई पनि साकाहारी नै चढाउने गर्न थाले, यो गलत हो। ईश्वर सबैका एकै हुन्। ईश्वर खुशी बनाउन बेलपाती चढाए पनि हुन्छ भन्ने धारणा आउन थाले। सात्विक बलि जसमा चन्दन अक्षता फूल अर्पेर पञ्चामृत दिने भन्ने छ। अहिले कति बाहिर बलि दिने कति माछा मासु खाने तर बलि नदिने भन्ने पनि छन्।

हरेक धर्मगुरुले एउटा/एउटा धर्मग्रन्थले आफ्नो तरिकाले अगाडि बढाइरहेका छन् र उनीहरूका शिष्यहरूले त्यही गुरुको निर्देशन अनुसार यो भनेको यस्तो हो, बलि दिने भनेको त हामी भित्रको अहमता दिने हो भनेर व्याख्या गर्न थालेका छन् त्यसैले समाजमा अर्का बलि दिने भन्ने दुई तरिकाका मानिसहरू छन्।

मूल शास्त्र बुझ्ने पुस्ता कति बाँकी छ र, त्यसमाथि पछिल्लो समयमा आएका शास्त्र संस्करणहरू कति अपभ्रंश भए भनेर कस्ले त्यसको व्याख्या गरिदेला ?
त्यसको जिम्मा राष्ट्रका नियामक निकायहरुले लिनुपर्छ। कतिपय कुराहरू कस्तो हुन्छ भने कुन ग्रन्थ, कुन बेला लेखियो र त्यो बेलाको समाजको आवश्यकता के थियो भनेर जोडेर हेर्दा पनि कतिपय कुराहरू समय क्रम अनुसार अन्धविश्वास भयो भनेर धर्मगुरुहरु बसेर सभा सम्मेलन गरेर परिवर्तन पनि गर्नुपर्छ। कति कुरो धर्मको नाममा कति कुरो प्रथाको नाममा हिजो थियो नि त। बालविवाह, जस्तो सतिप्रथा हिजो त्यो पनि धर्मको रूपमा जोडिएको थियो नि। त्यसलाई त ऐन कानुनले हटायौँ। त्यसैले कतिपय हिजो ठिक भएका कुरा पनि त अहिले अर्को शताब्दीमा ठिक नहुन सक्छ। त्यो कुराको जानकारी र त्यसको ठिक निकाय जस्तो क्यालेन्डरको लागि पञ्चाङ्ग निर्णायक समिति भन्छौँ। यस्ता चिजहरू समेटेर बहस गर्ने हो। अहिलेको युवापुस्ता पुस्तक पल्टाएर पढ्नु भन्दा हेर्न सुन्न रुचाउँछ। गीतहरू त झन् सुन्न भन्दा पनि हेर्न चाहन्छौँ। त्यसैले के हो कुरा भनेर त्यसका जानकारहरू अगाडि आएर गर्नु पर्छ। संस्कृति मन्त्रालयले पनि अब कसरी अगाडि जाने भनेर सोच्नु पर्छ।

अर्को नेवार समुदायले भातको आकार बनाएर पनि दिने चलन छ। बौद्ध धर्मावलम्बीहरूले पनि पिठोको विभिन्न आकृति बनाएर पञ्चबुद्धको अगाडि राखिन्छ।

बलिका प्रकारमा के फरक छ ?
सुगन्ध बलि भनेको फलफूल तरकारीहरू हो। त्यसको पनि अर्थ ५ के को लागि के दिने भन्ने छ। अहंकारको लागि के दिने भन्ने छ। त्यसमा माछा मासु दिने चलन छ। अर्को नेवार समुदायले भातको आकार बनाएर पनि दिने चलन छ। बौद्ध धर्मावलम्बीहरूले पनि पिठोको विभिन्न आकृति बनाएर पञ्चबुद्धको अगाडि राखिन्छ।

अर्को पिता पुर्खाले जनावर बलि दिइराखेको र अब आफूले छोड्दा केही अनिष्ठ हुन्छ कि भनेर त्यो जनावर नकाट्ने त्यसलाई सिंगै छोड्ने परेवा उठाउने गर्छन्। अर्को तान्त्रिक हिसाबले मार हानेर बलि दिन्छन्। अर्का देवी देवतालाई रगत मात्रै बलि दिन्छन्। त्यसमा रगत देवीदेवतालाई दिएर सकिएपछि मात्र छिनाउने गरिन्छ। कतिपयको शिर पुजारीको भागमा पनि दिने चलन छ।

हामी यो बहस किन दशैँ तिहारको गर्छौ, जबकी मासुको व्यापार त सधैं हुन्छ। हाम्रो हरेक कुरा जुन बेला जे आयो त्यही गर्ने परम्परा छ। हुन त बढीमाईमा हरेक ५ वर्षमा पशु बलि दिइन्छ त्यो संसारको नै सबैभन्दा बढी दिइने बलि भनिन्छ। संसारका अरू धर्ममा पनि बलि दिने चलन छ। कति धर्ममा त आफ्नो धर्मको बारेमा बहस गर्दैनन् , कसैले बोल्यो भने पनि त्यसलाई नराम्रो मानिन्छ। हिन्दु धर्ममा बोल्न पाइन्छ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : २३ बजे

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

एजेन्सी — चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा

जित्यो जनकपुरले (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले जिनतलाई निरन्तरता

दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध

काठमाडौँ – दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किम योङ हानमाथि

एक छिमेकीविरुद्ध अर्को देखाउने नीति असफल

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न भएको छ ।

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर – जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ)