बडादसैँले 'समृद्ध लुम्बिनी'को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य  | Khabarhub Khabarhub

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा संकल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँ-२०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरू अगाडि बढाइरहेको सन्दर्भमा बडादसैँले त्यसमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरूले एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै  यसप्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको समेत उल्लेख गरे। 

‘यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहित सामाजिक-आर्थिक समृद्धि, एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु’,  सन्देशमा भनिएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ११ : ५३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका