पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा « Khabarhub

पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको विचित्र गुफा साँच्चिकै विचित्रको छ । 

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । विगत लामो सयमदेखि विचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे । पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन् । यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भूभागमा गुफा फैलिएको छ । यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ । स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानका लागि गएको अवस्थामा ढेँडुबाँदरलाई लखेट्ने क्रममा ढेँडुबाँदर एकाएक पहरा (चट्टान) को बीचमा रहेको सानो प्वालबाट भित्र पसेको बताइन्छ । उक्त ढेँडुबाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए।

विचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने चलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ । 

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो निकै नै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्ग जाने बाटो एकदमै साँघुरो छ । त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिकरूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकाले पनि उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यको रुपमा मानिन्छ । 

जो मानिस त्यहाँ भित्र छिर्न सक्छ उसले आफूलाई साह्रै भाग्यमानी ठान्दछ । गुफा भित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी लागत लागेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए। 

सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न मदन भण्डारी राजमार्ग भएर सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १२ : २९ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले