भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना « Khabarhub

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिएका छन् । 

राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छन् , ‘विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो अन्यायमाथि न्यायको विजयको चाड हो । यो पर्व सत्य र नैतिकताको मूल्यमान्यताप्रतिको हाम्रो विश्वासको प्रतीक हो।’ 

मुर्मुले एक्समा अगाडि भनेकी छन्, ‘यस शुभ अवसरमा हामीले सबैभन्दा कठिन परिस्थितिमा पनि न्यायको पक्ष लिने प्रण गर्नुपर्छ । यो पवित्र पर्वले सबैको जीवनमा सुख र समृद्धि ल्याओस् र हाम्रो देश सदैव विकासको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु।’ 

त्यसैगरी प्रधानमन्त्री मोदीले एक्समा विजयादशमीको पावन अवसरमा सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेकी छन्, ‘विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्री रामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ।’ 

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधान मन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिनुहुने कार्यक्रम रहेको छ । श्री धार्मिक लीला समितिका महासचिवले एएनआईलाई बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे सुरु हुनेछ। 

भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दु चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ। 

विजयादशमीको पर्व लगभग देशका हरेक भागमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । भगवान रामद्वारा रावण्माथि विजय गरेको दिन विजया दशमी मनाइएको भन्ने भनाइ भारतका अधिकांश हिन्दूहरूमा लोकप्रिय छ । हिन्दुहरूले भगवान् रामलाई आदर्श पुरूषका रूपमा लिने गर्छन् ।

विजयादशमीको २० दिनपछि मनाइने महत्वपूर्ण चाड दीपावलीको तयारी पनि यस पर्वले सुरु गर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १२ : ५७ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित